इबोला भाईरसको औषधी पत्ता लगाएको नेपाली युवा बैज्ञानिक संलग्न टोलीको दाबी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ माघ १, सोमबार) ०९:१७

अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित  antiviral research जर्नल मा प्रकाशित भएको छ ।

यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधी पत्ता लागेको थिएन ।

टोलीले सयौंको संख्याका नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भाबित औषधीहरु पत्ता लगाएको हो । जसमा एउटा benzoquinoline समूहको औषधीको बिस्तृत अध्ययन भएको छ । यो औषधी हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाईरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।

बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ ।  तर बजारमा आउनुभन्दा पहिले यो औषधीको प्रभावकारिताको  थप अनुसन्धान गर्न समय लाग्नेछ ।


(२०७४ माघ १, सोमबार) ०९:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro