महिला फुटबल लिगको उपाधि एपीएफलाई

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष २७, बिहीबार) १२:०७

राखेप च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ । सुपरलिगमा शतप्रतिशत जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

एपीएफको जितमा उसकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् । पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।

एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो । उसले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपबिजेता बन्यो ।

उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


(२०७४ पुष २७, बिहीबार) १२:०७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना