छिमेकी देशमा रोकिएका विकास परियोजनाहरु अगाडि बढ्दै छन् : भारतीय विदेशमन्त्री स्वराज

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण ३०, आईतवार) ०१:५६

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल लगायतका नजिकका छिमेकी मुलुकहरुमा लामो समयदेखि रोकिएका परियोजनाहरु अगाडि बढ्दै गएकोले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेवरहुड फस्ट पोलिसी’ सफल हुँदै गएको दाबी गरेकी छन् ।

दी मोदी डक्ट्रिन नामक पुस्तकको लोकार्पण गर्दै स्वराजले नेपाल लगायतका नजिकका छिमेकी देशमा विगत दुई वर्षमा सम्पन्न भएका परियोजनाहरुको नाम नै उल्लेख गरिन् । उनले नेपालमा ट्रमा सेन्टर, अफगानिस्तानमा सल्मा ड्याम, श्रीलंकामा दुरियापाड स्टेडियम र बंगालादेशको पेट्रापोल इन्टिग्रटेड चेक प्वाइन्ट सम्पन्न भएको बताइन् ।

यी परियोजनाहरु उल्लेख गर्न लायक कोसेढुंगाहरु हुन,’ स्वराजले भनिन् । स्वराजले नेवरहुड फस्ट पोलिसीले छिमेकी मुलुकहबीचमा सहकार्य, कनेक्टीभिटी तथा जनता-जनताको बीचमा बृहत अन्तर्क्रियामा जोड दिएको समेत बताइन् ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै मोदीले नेवरहुड फस्ट पोलिसीलाई अगाडि बढाएका थिए । मोदीले आफ्नो सपथ समारोहमा सार्क देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुलाई आमन्त्रण गरेका थिए । तर नेपाल, पाकिस्तान लगायतका मुलुकहरुसँगको सम्बन्ध बिग्रको भन्दै मोदी सरकारको आलोचना भइरहेको छ ।

मोदीले क्षेत्रीय समृद्धीलाई अहिले पनि प्राथमिकताका राखेको स्वराजले बताइन् । ‘तर यि उदेश्यहरु प्राप्त गर्न केही चुनौतीहरु रहेका छन् । ति चुनौतीहरुमध्ये सिमापार आतंकवाद एक महत्वपूर्ण हो,’ स्वराजले भनिन्, ‘तर हाम्रो बुद्धिमत्तापूर्वक एप्रोच र गम्भीर पहलका कारण हामीले यसमा बृहत समर्थन प्राप्त गरिरहेका छौं ।’  स्वराजले मोदी प्रधानमन्त्री भएपछि परराष्ट्र नीति निकै अगाडि बढेको दाबी गरेकी छन् ।

एकहप्ता अगाडि मात्र मोदीले आफ्नो विदेश नीतिको सार इन्डिया फस्ट भनेका थिए । विगत दुई वर्षमा मोदी सरकारले घरेलु परियोजनाहरु मेक इन्डिया, डिजिटल इन्डिया, स्किल इन्डिया र स्मार्ट सिटीलाई  सफल पार्न अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाउँदै लगेको छ ।

त्यसैगरी भारतमा अन्य देशका लगानीकर्तालाई सहज वातावरण बनाउने रणनीति पनि मोदी सरकारले लिएको छ भने विदेशमा रहेका भारतीय समुदायहरुलाई पनि मोदीले विशेष प्राथमिकता दिएका छन् । घरेलु र परराष्ट्र नीतिलाई जोडेर अगाडि बढाउनु नै मोदी डक्ट्रिनको महत्वपूर्ण पक्ष भएको उनले बताएकी छन् ।

स्वराजले विगत दुई वर्षमा उनी र भारतीय मन्त्र मण्डलका सदस्यहरुले झण्डै १४० देशको भ्रमण गरेको भन्दै भारत ग्लोबल पावरको रुपमा अगाडि बढेको समेत दाबी गरिन् । उनी मोदी डक्ट्रिन भिजनमा आधारित भएको बताइन् ।


(२०७३ श्रावण ३०, आईतवार) ०१:५६ मा प्रकाशित

Exchange Rate

Nepali Patro