जीवन कहानी पर्दामा हेर्दा मलाई लाज लाग्छ: धोनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २९, शनिबार) २०:०८

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनमाथि फिल्म बनेको छ । ‘एमएस धोनी–द अनटोल्ड स्टोरी’ यसमा धोनीको भूमिकामा देखिएका छन् सुशान्त सिंह राजपुत । ३० सेप्टेम्बरमा रिलिज हुने यस फिल्मको मुम्बइमा ट्रेलर लञ्च गरिएको छ । सोही अवसरमा सुशान्त र धोनी एउटै मञ्चमा देखिए । धोनीले मुस्कुराउँदै भने ‘आफैंमाथि बनेको फिल्म हेर्न मुस्किल हुन्छ । जीवनमा घटेका केहि केहि घटनाले हेर्दा लाज लाग्छ’ ।

कार्यक्रममा सुशान्तले धोनीलाई केहि प्रश्न गरे, प्रश्नको जवाफ दिने क्रममा धोनीलाई गार्‍हो परेको थियो । तर, पनि उनले आफुमाथि फिल्म बनेकोमा खुसी ब्यक्त गरे ।

धोनी अझै लामो समयसम्म खेल्न चाहन्छन् । अवकासको वारेमा सोधिएको प्रश्नमा उनले अनुमान गर्नै नसकेको जवाफ दिए ‘अवकास टाढाको कुरा हो म अहिल्यै भन्न सक्दिन’ उनले भने ।

क्रिकेट मैदानमा मिस्टर कुलको नामवाट चिनिने महेन्द्र सिंह धोनी क्रिकेटले आफुलाई अनुशासित हुन सिकाएको धारणा राख्छन् । कार्यक्रममा उनले आफ्नो जीबनसंग जोडिएका केहि किस्सा सुनाए ।

‘जुन दिन मेरो १२ कक्षाको परिक्षा थियो, परिक्षाकै दिन मेरो म्याच थियो । मैले बुबालाई भनें आज मलाई प्राक्टिस गर्नु छ । बुबाले शान्त भावले भन्नु भयो वर्षभरि पढेको छौ, एकदिन नपढेर केहि फरक पर्दैन । तर, वर्षभरि पढेको छैन भने एकदिन मात्रै पढेर पनि केहि हुन्न । जाउ खेल’ ।


(२०७३ श्रावण २९, शनिबार) २०:०८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना