नायिका केकी अधिकारी श्रीमती बन्न अयोग्य : नायक नाजिर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष २२, शनिबार) ०१:०३

यही शुक्रवारबाट नायक नाजिर हुसेन अभिनीत फिल्म ‘राज्जा रानी’ प्रदर्शनमा आउँदैछ । पछिल्लो पटक प्रदर्शनमा आएको फिल्म ‘गाँठो’ बक्स अफिसमा असफल हुँदा ठूलो झट्काको सामना गर्नुपरेका नाजिर यो फिल्मलाई भने दर्शकको साथ मिल्नेमा विश्वस्त छन् ।

उनी फिल्मले मनोरञ्जनसँगै सन्देश दिने बताउँछन् । फिल्ममा नायिका केकी अधिकारीसँग रोमान्स गरेका नाजिरले ‘राज्जा रानी’मा आफूले देशकै सर्वश्रेष्ठ व्यक्ति सम्झने ‘राज्जा’को भूमिका निर्वाहा गरेको बताए । फिल्ममा उनी राज्जा यादवको भूमिकामा देखिएका छन् ।

मोफसल टुर सकाएर काठमाडौं फर्किएका नाजिरमाथी पत्रकारसँग कुराकानीको क्रममा ४ प्रश्न तेर्सिए, जसको उत्तर उनले यस्तो दिएका छन् ।

१. ‘राज्जा रानी’को प्रदर्शन मिति नजिकिँदै गर्दा मनमा डर र चिन्ता कत्तिको छ ? 

‘राज्जा रानी’को रिलिज नजिकिँदै गर्दा चिन्ता र डर दुवै छ । किनभने लामो समयपछि पर्दामा फर्किएको छु । ‘गाँठो’पछि हलमा आउन लागेको फिल्म मेरो ‘राज्जा रानी’ नै हो । ‘गाँठो’ व्यवसायिक रुपमा सफल भएन । त्यसैले ‘राज्जा रानी’ जति महत्वपूर्ण छ मेरो लागि त्यो मलाई मात्र थाहा छ ।

२. फिल्ममा तपाईको भूमिका कस्तो छ ? 

मैले फिल्ममा ‘राज्जा’को भूमिका निर्वाहा गरेको छु । ‘राज्जा’ यस्तो खालको छ कि ऊ आफूलाई भोलीको नेता र पर्सिको मन्त्री ठान्छ । ऊ ‘कसैले तपाई भनोस् नभनोस् आफैं मपाई’ हुन खोज्छ ।

३. तपाईलाई फिल्म गर्दाको सबैभन्दा कठिन पाटो कुन थियो ?  

जब म सुटिङमा राज्जाको ड्रेस लगाउँथेँ तब मलाई रिस मात्र उठ्थ्यो । मलाई त्यो मात चड्थ्यो । साथीलाई कुट्नु पर्ने सिन र रिसाउनु पर्ने सिनमा म निकै रिसाएको मात्र हुन्थेँ । यो मेरो लागि फिल्म गर्दाको कठिन पाटो थियो । फिल्ममा म रियल नाजिरभन्दा विल्कुलै फरक हुनु पर्थ्यो । म रियलमा चाहीँ राज्जा होइन ।

४. फिल्ममा नायिका केकी अधिकारी तपाईको श्रीमतीको भूमिकामा हुनुहुन्छ । रियलमा चाहीँ उहाँ श्रीमती बन्न योग्य हुनुहुन्छ ? 

मेरो लागि श्रीमती बन्न योग्य वा अयोग्य त भन्दिनँ तर केकी जतिबेला रानीको क्यारेक्टर गर्दा साडी लगाएर सेटमा निस्किन्थिन् तब उसलाई परर्फेक्ट हाउस वाइफ चाहीँ देखिन्थ्यो । क्यारेक्टरले पनि त्यो प्रभाव पारेको होला । रियलमा चाहीँ उनी योग्य छिन् भन्दिनँ ।


(२०७४ पुष २२, शनिबार) ०१:०३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro