एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष २१, शुक्रबार) २१:५९

अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो ।

‘बिहीबारको सञ्चालक समिति बैठकले यससम्बन्धि कार्यविधि पारित गरेको छ, केही समयपछि हामी यो निर्देशन जारी गर्नेछौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने । राष्ट्र बैंकले करिब एक वर्षअघि शुरु गरेको भुक्तानी प्रणाली विभागका काम, कारवाहीबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिवाकोटीले नयाँ बैंकिङ प्रणालीबारे बताएका हुन् ।

यस्तै, राष्ट्र बैंकले १८ महिनाभित्रमा भुक्तानी संयन्त्रको द्वार (नेसनल पेमेन्ट गेटवे) लागू गरेर देश भित्रिने र यहाँबाट बाहिरिने सबैखाले भुक्तानीको अनुगमन गर्ने भएको छ ।

‘पहिलो चरणमा हामी वास्तविक समयमै भुक्तानी हुने व्यवस्था कार्यान्वयनमा ल्याउछौं, त्यसपछि नेसनल पेमेन्ट गेटवे लागू गर्नेछौं,’ शिवाकोटीले भने ।

नेपालभित्र डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङलगायत उपकरणमार्फत् देश/विदेश दुवैतिरका कारोबारहरुमा भुक्तानी द्वार तयार गर्न लागिएको हो । यस प्रणालीले सबै कारोबारको वास्तविक हिसाब र निगरानी राख्नेछ ।

यसअघि राष्ट्र बैंकले लागू गर्न लागेको वास्तविक समयमै भुक्तानी (आरटीजीएस)ले भने तत्काल भुक्तानी हुने व्यवस्थाको सुनिश्चितता गर्नेछ । हाल चेक सटही, अन्तर-बैंकमा रकमान्तर गर्दै आएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) पनि आरटीजीएस प्रणालीमा जोडिनेछ ।

व्यवसायीमा पारदर्शिताको डर

व्यवसायीहरु भने पारदर्शिता अभावका कारण नयाँ प्रणालीप्रति खासै आकषिर्त नदेखिएको बुझाइ राष्ट्र बैंकको छ ।

‘प्रविधिको प्रयोगबाट गरिने सबै कारोबारको अभिलेख रहन्छ, यही डर व्यवसायीमा रहेको हो कि भन्ने देखिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने ।

सरकारी कारोबारलाई पनि प्रविधिमा आधारित बनाउने प्रयास भइरहेको छ । तर, त्यसले अपेक्षित गति हासिल गर्न नसकिरहेको नेपालले जानकारी दिए ।

अनुदानमा मात्रै पहुँच वृद्धि कार्यक्रम

बैंक तथा वित्तीय संस्थाहरुले अन्य संस्थाबाट अनुदान पाएमा मात्रै प्रविधिको प्रयोग गरेर बैंकिङ पहुँच वृद्धिमा ध्यान दिइरहेको आरोप पनि राष्ट्र बैंकको छ ।

‘बैंकहरु आफैंले पनि लगानी गरेर प्रविधि प्रयोग गर्ने र पहुँच नपुगेको क्षेत्रमा जाने गर्नुपर्छ तर वहाँहरु दातृ निकायहरुको मात्रै मुख ताकिरहनु भएको देखिन्छ,’ नेपालले स्पष्ट पारे ।

हाल ‘एक्सेस टु फाइनान्स’लगायत निकायको सहयोगमा बैंक तथा वित्तीय संस्थाहरुले विकट जिल्लामा लघुवित्त, ट्याब बैंकिङ, मोबाइल बैंकिङलगायत सुविधा दिइरहेका छन् ।

राष्ट्र बैंकका अनुसार हाल ५६ लाख मानिसले डेबिट कार्ड, ७५ हजारले क्रेडिट कार्ड, एक लाखले पि्रपेड कार्ड, ३० लाखले मोबाइल बैंकिङ सेवा लिइरहेका छन् । यस्तै, लघुवित्त संस्थाहरुमार्फत् हाल तीन लाख जनाले भुक्तानीका लागि पीओस मेसिन र सबैखाले कारोबार शाखारहित बैंकिङ सेवाबाट गरिरहेका छन् ।


(२०७४ पुष २१, शुक्रबार) २१:५९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro