युएई बाट आयो दु:खद खबर लाखौ नेपाली प्रभावित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १९, बुधबार) १८:५७

युएई सरकारले जनवरी १ तारिख सोमबारदेखि अभिवृद्धि कर (भ्याट ) ५ प्रतिशत लागू गरेको छ । झन्डै ३ लाख नेपाली कार्यरत रहेको युएईमा मुल्य अभिवृद्धि कर लागू भएसङ्गै त्यसबाट लाखौ नेपाली प्रत्यक्ष प्रभावित भएका छन । अन्य देशको तुलनामा मासिक तलब (बेसिक स्यालरी ) मा समेत कमजाेर रहेको युएईमा कर लागू भएसङ्गै अब दैनिक रूपमा हुने खर्चमा ३ देखि ५ प्रतिशतले वृद्धि हुनेछ भने ,युएई सरकारले तत्काल सबै क्षेत्रका कामदारको तलब बढाउने देखिदैन ।

नेपालमा आर्थिक बर्ष २०४९/५० बाट नै मुल्य अभिवृद्धि कर लागू गरे पनि खाडीका देश युएई र साउदी अरबमा भने सन् २०१८ बाट मात्रै कर लागू भएको जानकारी स्थानीय सन्चार माध्यमले दिएका छन । सरकारले प्राय जसो सबै किसिमको बस्तु र सेवामा भ्याट लगाएको छ।

शिक्षा क्षेत्रकाे मासिक शुल्कमा भ्याट नलगाएपनि बिद्यालयले लिने अन्य शुल्कहरु यातायात, पोशाक र सेवाजन्य शुल्कहरुमा भने ५ प्रतिशत भ्याट लाग्नेछ । त्यसैगरी अस्पताल शुल्क, भिसा शुल्क, हवाइ टिकट, सार्वजनिक यातायात र कामदारहरुको तलबमा भ्याट लाग्ने छैन । तर पेट्रोलियम पदार्थ, सवारी साधन मर्मत र टोल गेट ट्याक्समा भने भ्याट लाग्नेछ ।

कामदारहरुलाई दिईएको मेडिकल इन्स्युरेन्स सुबिधाको प्रिमियममा भने भ्याट लाग्नेछ । कामदार मृत्यु हुँदा पाउने ईन्सुरेन्समा (जीवन बिमा) भने भ्याट लाग्नेछैन । मेडिकल इन्स्युरेन्सको प्रिमियममा लाग्ने भ्याट कम्पनीले तिर्नु पर्नेछ । सरकारले मुल्य अभिबृद्दी कर लागु गरे सङ्गै मासिक तलबमा वृद्धि नगरे पछी थोरै तलबमा काम गर्दै आयका नेपाली लगायत अन्य रास्ट्रका नागरिकलाइ अब युएईमा रहन धौधौ हुने भएको छ । सन्चार माध्यमका अनुसार युएई र साउदी अरब सङ्गै खाडिका अन्य मुलुकमा समेत केहि समय भित्रनै मूल्य अभिवृद्धि कर लागू हुने बताइएको छ ।


(२०७४ पुष १९, बुधबार) १८:५७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro