प्रचण्डलाई बधाइ दिन मोहन वैद्य बालुवाटार पुगे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २९, शनिबार) १८:१४

नेकपा माओवादी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन् । प्रधानमन्त्री प्रचण्ड र  वैद्यबीच संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम, द्वन्द्वकालीन मुद्दाहरुको व्यवस्थापन,पार्टी एकतालगायतका विषयमा छलफल भएको थियो । वैद्यले दरो खुट्टा टेकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रचण्डलाई सुझाव दिएका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि वैद्यले नयाँ मोर्चा गरेर आन्दोलन थाल्ने घोषणा गरेका थिए । बालुवाटार भेटमा प्रचण्डले माओवादी क्रान्तिकारीले उठाएका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउँदै संविधान कार्यान्वयनम सघाउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले माओवादी (क्रान्तिकारी) का अध्यक्ष वैद्य बधाइ दिन आएको र पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको जानकारी दिए। माओवादी (क्रान्तिकारी) नेता हरिभक्त कँडेलले सुकुम्बारी समस्या समाधानका विषयमा छलफल भएको बताए।


(२०७३ श्रावण २९, शनिबार) १८:१४ मा प्रकाशित

Exchange Rate

Nepali Patro