कतारमा पनि मनाइयो टोपी दिवस

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १७, सोमबार) ०९:४१

 कतार । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ पाँच वर्ष पहिला जागरुक युवा समूहको पहलमा सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस कतारको अलखोरमा मनाइएको छ ।

सोमबार नेपाली समय ठीक १२ बजेदेखि सुरुभएको कार्यक्रममा उपस्थितहरुले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भन्दै व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियानले नेपालमा पाँच वर्षदेखि टोपी बचाउ अभियान  चलाउँदै आएको छ ।

त्यस्तै बिदेशमा वस्ने नेपालीहरुले आजैको दिन ढाका टोपी लगाउँदै अन्तर्राष्ट्रिय टोपी दिवस कार्यक्रम गर्ने गरेका छन् ।

पहिलो चोटी सन्ध्या ग्रुप कतारले आफ्नै सभाहलमा गरेको कार्यक्रममा नेपाली पोसाक दौरा सुरबार र नेपाली ढाका टोपीमा पनि बाक्लो युवाहरुले उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले ढाका टोपी नेपालमा १५ औ सताब्दीमा बङ्गालबाट पाल्पाका राजा मुकुन्द सेनले नेपाल भित्राएको र त्येस लगत्तै काठमाडौं लगायातका जिल्लामा भित्रिएको बताए ।

त्येस्तै बिषेश अथिति सन्ध्या ग्रुप कतार र नेपाल प्रवासी तामांङ समाज कतारका प्रमुख सल्लाहकार थर्चा लामा र अथिति नेपाल प्रवासी तामांङ  समाज कतारका सदस्य प्रेम तामांङले  पनि प्रवास बाटै भएपनि नेपाली परम्परा सस्कृतिलाई सबै नेपालीले यसरिनै जोगाइ जानुपर्ने बताएका थिए ।

कार्यक्रम वीरेन्द्रकुमार याक्थुम्बाको सभापतित्वमा सम्पनन भएको हो । महासचिव सन्तोष केसीले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरूलार्इ कोषाध्यक्ष उमेश केसीले स्वागत गरेका थिए ।

 


(२०७४ पुष १७, सोमबार) ०९:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी.....

Exchange Rate

Nepali Patro