दक्षिण अफ्रिका पुर्याई मानव बेचबिखन गर्ने पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १७, सोमबार) ०९:२६

काठमाडौं–बिभिन्न प्रलोभन देखाएर दक्षिण अफ्रिकामा पु¥याई मानव बेचबिखन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले चन्द्रागिरीबाट पक्राउ गरेको हो ।
ढुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी बिभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख भन्दा बढी रकम उठाई दक्षिण अफ्रिकामा अलपत्र पार्ने काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धाले देखाएको छ । अफ्रिकामा पीडितहरुलाई बिना पारिश्रमिक काम लगाएको तथा मानसिक तथा शारीरिक यातना समेत दिएकाले पीडितहरु भागेर नेपाल आएपछि ढुङगेलको धन्दाबारे पोल खुलेको हो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको जनाएको छ ।


(२०७४ पुष १७, सोमबार) ०९:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी.....

Exchange Rate

Nepali Patro