आधा नचल्ने शरीर लिएर साउदीबाट नेपाल फर्किए राजकुमार

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष १७, सोमबार) ०७:१७

रियाद । पैसा कमाउन साउदी अरब आएका राजकुमार बोहोरा चार महिना नपुग्दै गाडी दुर्घटनामा परेर नेपाल फर्काइएको छ । गत ८ अगष्टमा बेलुकाको खाना खाएर कोठामा फर्किँदै गर्दा उनलाई बंगाली नागरिकले चलाएको गाडीले सडक छेउमा टक्कर दिएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका उनलाई तत्कालै महाद हस्पिटल लगेर प्रारम्भिक उपचार गरियो भने त्यसपछि मदिनाको किङ फहाद हस्पिटलमा २० दिन आइसीयूमा राखेर उपचार गरियो ।

टाउकोमा गम्भीर चोटका कारण अचेत भई स्मरणशक्ति नै गुमाएका बोहोराको सघन उपचारपछि होस खुल्यो र सामान्य बोल्न सक्ने भए । तर, उनको शरीरको दाहिने पाटो भने अझै चल्दैन ।

नेपालको माउन्ट कन्चन इन्टरनेसनल म्यानपावरबाट २८ अप्रिल २०१७ मा साउदी अरबको अबाहस्थित इस्ट जाफर फर शेहरी कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्न आएका थिए राजकुमार ।

ढिलो गरी सूचना पाएको जेद्धास्थित महावाणिज्य दूतावासले तदारूकताका साथ काम गर्‍यो । बोहोरा काम सकेर रेस्ट आवरमा दुर्घटनामा परेको हुँदा GOSI (General Organization for Social Insurance) बाट प्राप्त हुने सुबिधावाट भने बन्चित भए ।

उपचारको क्रममा हस्पिटलको बिल ९४ हजार रियाल पुगेको थियो । ४ सय किलोमिटर टाढा रहेको मदिनाको हस्पिटलमा पुगेर वाणिज्यदूत मनहरी दंगाल बोहोरालाई नेपाल पठाउन सकिने सम्भाव्यताको बारेमा हस्पिटलसँग बुझेर बोहोरा कार्यरत कम्पनीसँग सम्पर्क बढाए ।

हस्पिटलको बिल तिर्ने सवालमा थर्ड पार्टी इन्स्योरेन्सबाट भुक्तान हुने गरी बोहोराको तर्फबाट कन्सुलेट र उनी कार्यरत कम्पनीको रोहबरमा वकिललाई वारिसनामा दिई अदालतमा वंगाली नागरिक कार्यरत कम्पनीबिरूद्ध मुद्दा दर्ता गराउने सहमति भएको छ ।

अदालतले हस्पिटलको ९४ हजार रियाल बिलभन्दा बढी क्षतिपूर्ति फैसला भएमा बोहोराले पाउने कागजमा उल्लेख छ । २७ डिसेम्बरमा बोहोरालाई यी प्रक्रिया पुरा गर्न दूतावासमै ल्याइएको थियो ।

त्यसपछि २८ डिसेम्वरमा नेपाल पठाउन कम्पनीले फ्लाई दुबइको टिकट काटेर एयरपोर्ट लगे पनि रामकुमारको स्वास्थ्य अवस्था हेरी एयरलाइन्सले यात्रा अनुमति नै दिएन र एयरपोर्टबाटै फर्काइयो ।

पुनः म्यानपावर कम्पनीले उपलब्ध गराएको टिकटमा ३० तारिखमा यात्रा गराउन हिमालय एयरलाइन्सलाई अनुरोध गरी कम्पनीको सहयोगीको साथमा दमाम पठाउन सफल भएको बताउँछन् बाणिज्यदूत दंगाल । परिवारको हेरचाहमा थप उपचारका लागि ३१ डिसेम्बरमा उनी दमामबाट नेपाल उडे ।

कम्पनीले दिनुपर्ने तलब ३९ सय रियाल परिवारलाई उपलब्ध गराउने र अन्य सेवा सुबिधाहरूको समेत प्रक्रिया पुरा भएलगत्तै जानकारी परिवारलाई गराइने महाबाणिज्य दूतावासले बताएको छ ।


(२०७४ पुष १७, सोमबार) ०७:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro