सर्वोच्च अदालतद्वारा फुलबारी होटललाई कर छुट दिन नमिल्ने फैसला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १७, सोमबार) ०१:००

सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो ।

सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए ।

अदालतले रिट निवेदन खारेज गर्दै कर छुट नदिने फैसला सुनाएको हो । आदेशअनुसार रिसोर्ट सञ्चालक अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीको बक्यौता रकम साँवा, ब्याज र त्यसको हर्जानासहित सरकारलाई  तीन अर्बभन्दा बढी रकम सरकारलाई बुझाउनुपर्ने हुन्छ ।


(२०७४ पुष १७, सोमबार) ०१:०० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro