दक्षिण कोरियामा १६.४ प्रतिशतले तलब वृद्धि

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष १६, आईतवार) ०६:०४

काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ ।

जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ ।

निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको छ । हालको विनिमय दर अनुसार उक्त पारिश्रमिक मासिक डेढ लाख रुपयाँ बढि हुनेछ ।

मजदुर संगठनहरुले प्रतिघण्टा दश हजार वन माग गरिरहेका थिए । ज्याला निर्धारण समितीले २०१७ का लागि कायम तलब भन्दा दोब्बर गरेको छ । मजदुरहरुका माग प्रति सकरात्मक देखिएका वर्तमान राष्ट्रपति मुन्जेको सरकारले तलब वृद्धिलाई प्राथमिकता दिएको छ ।

अधिकांश कम्पनीहरुमा अतिरिक्त काम पनि हुनाले कामदारहरुको मासिक कमाई सन् २०१८ मा दुई लाख रुपँया बढि हुनेछ । अतिरिक्त काम भएको अवस्थामा कामदारले प्रतिघण्टा ११ हजार २९५ वन प्राप्त गर्नेछन् ।

नयाँ तलबले स्वदेशी तथा इपिएस लागु भएका १६ देशका कामदारहरु लाभान्वित हुनेछन् । दक्षिण कोरियामा ४० हजार नेपाली युवाहरु रोजगारीका लागि पुगेका छन् ।


(२०७४ पुष १६, आईतवार) ०६:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro