ईपीएल फाइनल : विराटनगरले भैरहवालाई दियो १५० रनको लक्ष्य

काठमाडौं : एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १५० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनायो।
विराटनगरका लागि अन्सुमान राथले सार्वाधिक ४१ रन बनाए । पासर खड्काले २७ र अनिल साहले २२ रन बनाए । ईपीएलकै उच्च स्कोर बनाएका बाबर हयात भने ११ रनमै आउट भए । भैरहवाका कृष्ण कार्की र हरिशंकर साहले २–२ विकेट लिए ।
(२०७४ पुष १५, शनिबार) ०७:४७ मा प्रकाशित