पोखरामा सडक महोत्सव शुरु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १३, बिहीबार) १२:१४

“सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित पोखरामा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि गर्दै आएको महोत्सवको प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गरे । महोत्सव शुरु हुनु अघि पोखराको हल्लनचोकबाट शुरु विभिन्न सास्कृतिक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर उद्घाटन कार्यक्रम भएको थियो ।
पोखराको फिस्टेलगेट देखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । १७ गतेसम्म संचालन हुने महोत्सवमा महोत्सवमा जापान, चीन, दक्षिण कोरिया र भारतका साँस्कृतिक कार्यक्रमका साथ सातवटै प्रदेशका सास्कृतीक समुहले सास्कृतिक नृत्य प्रस्तुति रहने छ ।
प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथिली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने आयोजकले बताएका छन् ।
त्यसै गरी छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् । सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सवस्थलमा गरी झन्डै ५० करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान छ ।
नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई बेमौसमको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजक रेवान पोखराले जनाएको छ ।

 


(२०७४ पुष १३, बिहीबार) १२:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro