धर्मप्रचारक बाबाहरु नै यौन धन्दामा मस्त, हेर्नुहोस यस्ता छन् घिनलाग्दा कर्तुतहरु..

यतिबेला नामधारी वावा बनेर हिडेकाहरुको कर्तुत खुल्ने क्रम जारी छ । धर्मको नाममा कालोधन्दा गर्नेहरुको कमी पनि छैन । भारतमा त त्यस्ता कैयौँ वावाहरु प्रहरीको खोरमा थुनिदैछन् ।
नेपालमा भने चुस्त निरीक्षणको अभावमा कैयौँ भेषधारी बाबाहरु निडरताका साथ कुदिरहेका छन् । यसै प्रसंगमा वुल्गेरियामा एकजना बाबा केही समयअघि पक्राउ परेका थिए उनी आफू भगवानको अवतार भएको छाट्दै विशेषगरी सुन्दर युवतीहरुलाई धर्मको आडमा आफ्ना भक्त बनाउदै हिड्थे र तिनिहरुको भरपुर यौनशोषण गर्दथे । सर्जेई किरिएन्को नामका ती बाबा पनि महिलालाई भक्त बनाएर उनीहरुलाई यौनधन्दा चलाउन लगाउने रहेछन्
आफुलाई भगवानको अवतार बताउँदै उनले युवतीलाई मानसिक शान्ति दिलाउने भन्दै शारीरिक सम्बन्ध बनाउने गर्थे । यसरी यौन सम्बन्ध बनाएको दृश्य उनले भिडियोमा कैद गर्थे । त्यही भिडियो विक्री गरेर उनी पैसा कमाइरहेका थिए । भिडियोकै आधारमा युवतीहरुसँग ब्ल्याकमेलिङ पनि गर्थे । धनाड्य व्यक्तिहरुसँग रिलेसन बनाउन लगाएर पनि उनले पैसा असुल गर्थे । उनको यो धन्दा रुस, बेलारुसदेखि साउथ अमेरिकासम्म फैलिएको थियो । यस्तो धन्दाको नेटवर्क भने अनलाइनमार्फत फैलाइन्थ्यो ।
(२०७४ पुष ९, आईतवार) ०५:५३ मा प्रकाशित