इपीएल क्रिकेट : पोखरा राइनोज १० विकेटले विजयी

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष ४, मंगलवार) ०८:२५

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को मंगलबार भएको दोस्रो खेलमा पोखरा राइनोज विजयी भएको छ । चितवन टाइगर्सलाई १० विकेटले हराउँदै पोखराले विजयी सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए भने अनिल मण्डलले ३२ रन बनाए । अन्य व्याट्स म्यानले दोहोरो अंकसमेत बनाउन सकेनन् । पोखराका लागि पाकिस्तानी खेलाडीद्वय इजराहुल्ला र ताज वालीले क्रमश ४ र ३ विकेट लिए ।

११४ रनको सामान्य लक्ष पाएको पोखराले १७.४ ओभरमा बिना विकेट ११६ रन बनाउदै जित हात पार्‍यो । पोखराका लागि बलिङतर्फ ४ विकेट लिएका इजराहुल्लाले ६१ रन र सुनिल धमलाले ४६ रन बनाइ अविजित रहे ।


(२०७४ पुष ४, मंगलवार) ०८:२५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना