साहरुखलाई हिरासतमा लिएको बिषयमा अमेरिकी राजदुतले माफी मागे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २८, शुक्रबार) ०३:०४

बलिउडका सुपरस्टार नायक साहरुख खानलाई आज बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएर छाडेको छ । साहरुखलाई सोधपुछका लागि भन्दै हिरासतमा लिइएको थियो । साहरुखलाई अमेरिकाको विभिन्न विमानस्थलमा यसरी सोधपुछका लागि हिरासतमा राखिएको तेश्रो पटक हो ।

साहरुखले सुरक्षा जाँचलाई सम्मान गर्ने बताउँदै बारम्बार यस्तो व्यवहारले आफूलाई दिकदार बनाएको बताएका थिए । साहरुखले ट्विटरबाट यो कुराको जानकारी गराएपछि यसले मिडियामा हंगामा मच्चाएको थियो । अमेरिकी अध्यागमनमा भएको यस्तो व्यवहारको चर्को आलोचना पनि भयो ।

अब, अमेरिकाका लागि भारतीय राजदुत रिचर्ड वर्माले माफी मागेका छन् । उनले ट्विट गर्दै भनेका छन्-‘दिकदारीका लागि माफ गर्नुहोस् साहरुख । हामीले तपाइलाई अब यस्तो दिकदारी नहोस् भनेर काम गरिरहेका छौ । तपाइको कामले अमेरिकी जनतासँगै करोडौ मानिसलाई प्रेरणा दिएको छ ।’

साहरुखलाई सन् २००९ र सन् २०१२ मा अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको थियो । पछि, अमेरिकी विदेश मन्त्रीले नै माफी मागेकी थिइन् । साहरुख अमेरिकामा पनि चर्चित छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि साहरुख भारतका लागि गर्व गर्न लायक कलाकार भएको बताएका थिए ।


(२०७३ श्रावण २८, शुक्रबार) ०३:०४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना