५ वर्षपछि बियरले चल्नेछन् गाडी

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष २, आईतवार) ०८:००

मानिसले मादक पदार्थ सेवन गरी गाडी चलाउन पाउँदैनन् । तर निकट भविष्यमा गाडीलाई नै मादक पदार्थ सेवन गराएर चलाइनेछ ।शोधकर्ताहरुका अनुसार सन् २०२२ सम्ममा पेट्रोल डिजेलको साटो बियर हालेर गाडी चलाउन सकिनेछ ।

बेलायतको बि्रस्टोल विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो प्रविधिको विकास गरेका, जसले बियर भरेर गाडी चलाउन पाइनेछ ।

यस प्रविधिमा बियरमा रहेको इथानोललाई ब्युटानोलमा परिणत गरिनेछ । जुन निकै उत्तम इन्धन हो र यसले पेट्रोल तथा डिजेलको विकल्प दिनेछ ।

वैज्ञानिकहरुका अनुसार यद्यपि सबैखाले मदिराजन्य पेय पदार्थमा इथानोल हुने भएतापनि बियरमा इथानोललाई ब्युटानोलमा सजिलैसँग परिवर्तन गरी सवारी साधनमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।

शोधकर्ताका अनुसार आउँदो ५ वर्षभित्रमा यस प्रविधिको पूर्णरुपमा विकाश तथा परीक्षण गरी व्यवसायिक प्रयोगमा ल्याउन सकिनेछ । जसबाट गाडीमा प्रयोग हुने पेट्रोलियम इन्धनको विकल्पको रुपमा बियर विस्थापित हुनेछ ।


(२०७४ पुष २, आईतवार) ०८:०० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना