क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ मंसिर २८, बिहीबार) १४:४०

चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन्।

उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो। पृथु पनि उक्त क्लबका सञ्चलकमध्ये हुन्। पक्राउ पर्नेमा क्रिकेटर पृथुसहित मयंक खड्का, जयन श्रेष्ठ, विशाल डांगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रीतेश माडवाडी र राजीव महर्जन रहेका छन्।

उनीहरुमाथि ठगीको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। ‘कन्सर्ट वा कुनै कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्ने हुन्छ। तर, सञ्चालकहरुले अनुमती लिएको देखिएन। कन्सर्टका नाममा मनलाग्दी रकम असुली गरेको पाइएकाले हामीले उनीहरूविरुद्ध ठगी मुद्धा चलाउने तयारी गरेका छौं’, महानगरीय अपराध महाशाख टेकुका एसएसपी दिवेश लोहनीले भने।

एसएसपी लोहनीले एक हजार पाँच सय क्षमताको क्लबमा चार हजारभन्दा बढी टिकट बिक्री गरेको पाइएको पनि बताए। यसअघि क्लब डेजाभुले बुधबार डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने जनाएको थियो। यद्यपी पूर्वनिर्धारित समयमा डिजे मार्समेलो उपस्थित नभएपछि कन्सर्ट हेर्न टिकट काटेका दर्शकले क्लबमा तोडफोड गरेका थिए।

नेपाली यू–१९ राष्ट्रिय टोलीको कप्तान हुँदै सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका पृथु अर्काे साताबाट राजधानीमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको टोली चितवन टाइगर्सका कप्तान पनि हुन्। पक्राउ परेसँगै उनको ईपीएल सहभागिता पनि अन्योलमा परेको छ।


(२०७४ मंसिर २८, बिहीबार) १४:४० मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro