पोखरा राइनोज् मा तिन बिदेशी खेलाडी अनुबन्धित समुहबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको समेत चयन सम्पन्न

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ मंसिर २८, बिहीबार) १४:१७

टीभीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार उल्लाह, अलि आशिफ र ताजवाली रहेको आज पोखरामा भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

खेलाडी मध्य इसरार उल्लाह क बर्गमा पर्ने खेलाडी हुन् भने उनि पाकिस्तानको पेशावरका लागि खेल्दछन । त्यसैगरी अलिआशिफ ईस्लामावाद युनाइतेड्का लागि खेल्ने गरेका र ताजवाली पाकिस्तानकै क बर्गमा खेल्ने खेलाडी रहेको बताइएको छ ।

यस्तै खेलमा उत्कृष्टता तथा स्वदेशी खेलाडीलाई समेत समान अवसर प्रदान गर्ने सोचका साथ उक्त समुहले केहि समय अगाडी पोखरामा ट्यालेन्ट हन्ट संचालन गरेको थियो । विभिन्न चरणको प्रतिस्पर्धा मार्फत समुहले १ सय २० बाट २४/२४ बाट उत्कृष्ट ७ को छनोट गरेको थियो । यसरि छनोटमा परेका खेलाडीबाट समेत पोखरा राइनोजले प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्ट खेलाडीहरु छनोटमा १६ बर्षीय देब शाह छनोट गरिसकेको बताएको छ । छनोटमा परेका शाह नेपालमा नै पहिलो लेफ्ट आर्म इस्पीइनर चाईनाम्यान हुन् ।

यसरि पोखरा राइनोज समुहमा यस पटक खेल्ने खेलाडीहरुमा शक्त्ती गौचन, बिनोद भण्डारी, बिक्रम सोब, बिपिन खत्री, नुरधोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, सौरभ खनाल, सन्तोष भट्ट, सुशन भारी, देब शाह लगायत तिन पाकिस्तानी मुलुकका इसरार उल्लाह, अलीआसिफ, ताजवाली रहेको जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै राइनोज् समुहले खेलमा लगाउने जर्सी र हेलमेट समेत सार्बजनिक गरेको थियो ।

 


(२०७४ मंसिर २८, बिहीबार) १४:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रमज्यु ! छ हिम्मत ? : ओम हमाल

दुई तीन दिन यता नेपाली संचार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सम्पत्ति रास्ट्रलाई सुम्पने र सत्तारुढ नेकपा चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग पथमा गयो र भाइचारा सम्बन्ध कायम गर्यो भनी.....

सिन्धुपाल्चोकको भीमटारमा हेलम्बु यातायातको बस दुर्घटनाग्रस्त, ११ को मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० भीमटारमा शुक्रबार बिहान ९ बजेतिर हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको  बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  ६ जनाको घटनास्थलमै.....

सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ केही.....

Exchange Rate

Nepali Patro