‘आज राति अत्याधिक उल्का वर्षा’

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ मंसिर २८, बिहीबार) १०:२३

पोखरा/ आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।

‘अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिनेछ,’ भट्टराईले भने । यो बर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर उल्का बर्षा देखिदै छ।

यो बर्ष क्षुद्रग्रह ३२०० फेथन आफै पृथ्वीको नजिक रहनेछ. उल्का बर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो।

उल्का वर्षा हेर्न चाहने सर्बसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन। आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५  बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ।

‘उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवस्यकता पर्दैन। उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आखाले हेर्नु नै हो,’ उनले भने।


(२०७४ मंसिर २८, बिहीबार) १०:२३ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro