अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव घान्द्रुकको छोम्रोङमा

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ मंसिर २५, सोमबार) ०३:२९

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणको कार्यक्रम आगामी पुस १० देखि १५ गतेसम्म अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमा हुने भएको छ । अन्नपूर्ण गाउँपालिका, कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा गत असोज २५ गते अन्नपूर्ण आधार शिविरमा सम्पन्न उद्घाटन समारोहको आय व्यव सार्वजनिक एवम् दोस्रो चरणको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले दोस्रो चरणको कार्यक्रमको तयारी गरिएको बताए ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडिबुटी तथा परम्परागत होटलको नमूना एवं फोटोहरूको प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भैसकेको उनको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले महोत्सवको आयोजनासँगै उक्त क्षेत्रको प्रचारप्रसार बढेको बताउँदै उक्त क्षेत्रमा पदमार्गको स्तरीकरण, होटेलको क्षमता बृद्धि लगायतका विषयलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।

दोस्रो चरणको कार्यक्रममा तमु ल्होसारको उद्घाटन, खुला भलिवल प्रतियोगिता, पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महोत्सवले अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याएको बताए ।


(२०७४ मंसिर २५, सोमबार) ०३:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना