अमेरिकामा हराएकी नीशा काठमाण्डौमा देखिइन्

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २५, मंगलवार) २१:५४

कुनै समय लोक गायिका नीशा सुनुवारको खुबै चर्चा थियो । स्टेज कार्यक्रमदेखि स्टूडियोमा उनी खुबै व्यस्त हुन्थिन् । तर, २ बर्ष अगाडि उनी एकाएक अमेरिका उडिन् । नीशा अमेरिका उड्दा छोरी पेटमै थिइन् । तर, यो कुरा कमैले मात्र भेउ पाएका थिए । कारण, नीशाले बिहे गरेको कतै चर्चा थिएन ।

नीशाले अमेरिका पुगे लगतै नृत्य निर्देशक शंकर वीसीसँग बिहे गरेका तस्बिर पोष्ट गरिन् । नीशाले छोरीलाई अमेरिकामा नै जन्म दिइन्, उतै हुर्काइन् । केही दिन अगाडि नीशा नेपाल आइन् । नेपाल आएर उनले तीजको गीत रेकर्ड गरिन्, म्यूजिक भिडियो पनि बनाइन् ।
गीतको भिडियो बजारमा आइसकेको छ । उनै नीशा काठमाण्डौमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा झुल्किइन् । उनले अमेरिका फेरि चाडै र्फकने बताइन् ।

हुनत, नेपाली कलाकारहरु अहिले पनि अमेरिका भनेपछि हुरुक्कै हुन्छन् । नेपालमा जती नाम कमाएपनि अमेरिकामा नै भासिने सोच उनीहरुको हुन्छ । नीशा पनि अमेरिकामा नै जीवन अगाडि बढाउने सोचमा देखिइन् । अमेरिका पुगेर नयाँ जीवन सुरु गरेपछि नीशाको शैली भने बदलिएको छैन ।


(२०७३ श्रावण २५, मंगलवार) २१:५४ मा प्रकाशित

Exchange Rate

Nepali Patro