पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ कार्तिक २८, मंगलवार) ११:३९

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।

डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिँउदयामभरी विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताए। कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ । विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो । चीनको एक्जिम बैंकको करिब रु २२ अर्बको ऋृण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो ।


(२०७४ कार्तिक २८, मंगलवार) ११:३९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना