‘माईतिघर’ निर्देशक थापाको निधन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण २५, मंगलवार) ०६:१२

‘माईतिघर’ फिल्मका निर्देशक वियस थापाको निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा थापाले यो संसारबाट विदा लिएका हुन् । पछिल्लो समय मुम्बईमा बस्दै आएका थापाले आफ्नै निवासमा प्राण त्यागेका हुन् । उनको अन्तिम दाह संस्कार पनि मंगलबार साँझ मुम्बईमा नै गरिने बुझिएको छ ।
 थापाको निधनपछि फिल्मकर्मीहरुले उनको सम्झना गर्दै सामाजिक सञ्जाल मार्फत श्रद्धासुमन व्यक्त गरेका छन् । निर्देशक थापा प्रविणता तहको पढाई पास गरेपछि स्नातक गर्नका लागि लखनउ पुगेका थिए । उनले एलएलबीमा एम.बीए गरेका छन् । उनको वास्तविक नाम भीसमेन थापा हो ।
उनले पछि आफ्नो नाम वीएस थापा बनाएका थिए । एम.एमा एलएलबी गर्दै गर्दा तेश्रो बर्षमा उनले बिहे गरेका थिए । सरस्वती थापासँग पहिलो बिहे गरेका वीएसले केही बर्षमै श्रीमतीलाई गुमाएका थिए ।
३ छोरा र १ छोरालाई जन्म दिएपछि सरस्वतीको निधन भएको थियो । यसपछि उनले दोश्रो बिहे गरेका थिए । पिता नारायण सिंह थापा र आमा लक्ष्मी थापाको कोखबाट उनी जन्मिएका थिए ।

(२०७३ श्रावण २५, मंगलवार) ०६:१२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना