विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा त लिनुपर्‍यो नि :

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक २५, शनिबार) १२:१६

तपाईंको नामको अर्थ के हो ?
प्रकाश ।

ज्योति मगर र सनी लियोनको अंग प्रदर्शनमा के फरक छ ?
सनीलाई विश्वले चिन्छ, मलाई नेपालीले मात्र । सबै नारी एकैनासका हुँदैनन् । मैले सनीले जस्तो देखाउनै नहुने कुरा देखाएकी छैन ।

ज्योति मगर स्टेजमा मर्यादा राख्दिनन् भन्छन् नि ? 
हो र ? सुनेर दु:ख लाग्यो ! यद्यपि ओहो च्वाक रहेछ, सेक्सी रहेछ– भन्दैमा मर्यादाको प्रश्न उठाइन्छ भने मलाई भन्नु केही छैन ।

बाबु–आमाले रिल्याक्स गर्दा–गर्दै जन्मिएको जस्ता शब्द बोल्नुहुन्छ नि ?
यो त ध्रुव सत्य हो ! सत्य कुरा गर्न किन डराउनु ?

ज्योति छोटा लुगा लगाएर चर्चामा आउँछिन् भन्ने आरोप पनि छ ?
छोटा लुगा लगाउँदैमा चर्चामा आइन्छ भने त राम्रै कुरा हो । हाम्रो पालामा त त्यस्तो थिएन दु:ख गर्नुपथ्र्याे, गीतै गाउनुपथ्र्याे ।

तपाईंको कार्यक्रम परिवारसँग बसेर हेर्न पनि गाह्रो हुन्छ ? 
मैले त्यस्तो केही नराम्रो बोलेको, देखाएको जस्तो लाग्दैन ।

यति धेरै गायक–गायिकाको भीडमा ज्योतिकै मात्र चर्चा किन ? 
स्टेजसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । म स्टेजसँग बढी खेल्न सक्ने भएर पनि होला ।

विवाह नगर्ने ? कस्तो केटा रोज्नुहुन्छ ? 
विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा त लिनुपर्‍यो नि । विवाह नै गर्न त मेरो मन छुने कोही त आउला नि ।

सेक्स के हो ? 
एकदमै सामान्य कुरा हो, मलाई त वास्तै लाग्दैन ।

तपाईंको उमेर ? 
छोरा मान्छेको आम्दानी र छोरीको उमेर नसोध्नु भन्छन् नि ।

स्लिम हुन मन लाग्दैन ? 
हड्डीको पछाडि त कुकुर मात्र लाग्छ । वनको सक्कली बाघ त मसलको पछाडि नै दौडन्छ ।


(२०७४ कार्तिक २५, शनिबार) १२:१६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले.....

तारेखमा छुटाउन रकम ‘वार्गेनिङ्ग” गरेको आरोपमा सर्बोच्च अदालतका नासु खड्का पक्राउ

अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री.....

सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने नवनियुक्त प्रदेश प्रमुख शेरचनको प्रतिबद्धता

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा.....

Exchange Rate

Nepali Patro