माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेको गुनासो : पैसा र  नेताको चाकडी नगर्दा टिकट पाइन

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक १६, बिहीबार) १०:४०

काठमाडौं । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पैसा र  नेताको चाकडी नगर्दा टिकट नपाएको गुनासो गरेका छन् ।

पार्टीले  प्रत्यक्ष टिकट नदिए पछि समानुपातिक तर्फको टिकट आफुले अस्वीकार गरेको समेत उनले  जानकारी गराए । जनयुद्ध लडेका यी युवा नेता न्यौपाने कुनैबेला अखिल (क्रान्तिकारी)का चर्चित केन्द्रीय अध्यक्षसमेत थिए ।

अहिले पनि लेखनाथको पालामा जस्तो बिधार्थी आन्दोलन उठ्न नसकेको भन्दै बिधार्थी नेताहरुको कार्यसैलीमाथि प्रश्न उठाईने गरेको  पाइन्छ  ।उनले  सामाजिक सञ्जाल फेशबुकमा आफुले पार्टीबाट टिकट नपाउनुका कारण पैसाको चलखेल र खर्चिलो चुनावी प्रकृया भएको खुलाएका हुन्  ।

उनले लेखेका छन्, चुनाव लड्न एक करोड लाग्ने रहेछ, नेताहरुको चाकडी गर्नुपर्दो रहेछ त्यो दुबै मैले गरिँन त्यहि भएर टिकट पाईंन । अन्त्यमा उनले लेखेका छन्, चुनाव नैं सबै कुरा होइन, म जे छु खुसी छु, वाम गठबन्धन जिताउने अभियानमा भने लाग्ने छु ।


(२०७४ कार्तिक १६, बिहीबार) १०:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro