उत्तरी गोरखामा हिमपात, हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक १४, मंगलवार) ०८:४१

कार्तिक १४, /  जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् ।तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।  हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो ।

हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी पनि छन् । विगतका वर्षहरुमा भन्दा चाँडो हिउँ पर्न थालेको पनि उनीहरुको भनाइ छ । हिउँ परेका कारण स्थानीय घरबाट बाहिर ननिस्केको ढकालले बताए । जिल्लाको तल्लो पहाडी क्षेत्रमा पनि घाम लागेको छैन भने चिसो बढेको छ ।तस्बिरहरु : बेदप्रकाश ढकाल


(२०७४ कार्तिक १४, मंगलवार) ०८:४१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना