जुकरबर्ग किन गए चीन ? फुकुवा होला त चीनमा फेसबुक ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक १३, सोमबार) १०:३२

 एकवर्ष पश्चात फेसबुक संस्थापक मार्क जुकरबर्ग पुनः चीन भ्रमणमा पुगेका छन् । जुकरबर्गले बेइजिङको सिंघुआ स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुसँग भेटघाट गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् ।

विश्वकै सबैभन्दा ठूलो इन्टरनेट बजार चीनमा प्रवेश गर्ने सम्भावित अवसरको खोजी गर्दै जुकरबर्ग चीन भ्रमणमा गएको बताइएको छ । हाल चीनमा प्रतिबन्धित रहेको फेसबुकले सन् २०१८ देखि चीनमा फुकुवा हुने अवसरको खोजी गरिरहेको विश्लेषकहरुले बताएका छन् ।

सन् २००९ देखि चीनमा फेसबुक प्रतिबन्धित छ । फेसबुकले केही समयअघिमात्र लिंक्डइनबाट भित्राइएका विलियम सुआइलाई चिनिया सरकारसँग सम्बन्ध अघि बढाउने महत्वपूर्ण जिममेवारी दिएको छ ।

फेसबुकले हाल चीनमा आफ्नो फोटो शेयरिङ एपको परीक्षण गरिरहेको छ भने आफ्नो कन्जुमर हार्डवेयर डिभिजन बिल्डिङ एटका लागि शांघाइमा एक कार्यालयको खोजी गरिरहेको छ ।

आफ्नो फेसबुक पोष्टमा जुकरबर्गले सिंघुआ स्कुलको सल्लाहाकार बोर्डको बैठकमा भाग लिन आफू चीनमा रहेको बताएका छन् । ‘चीनको आविष्कार तथा उद्यमशीलतासँग साक्षात्कार गर्नका लागि हरेक वर्ष यो भ्रमण निकै महत्वपूर्ण अवसर बन्ने गर्दछ’, जुकरबर्गले भनेका छन् ।

फेसबुकले चीनमा प्रवेश गर्नका लागि वर्षौँयता विभिन्न खाले प्रयासहरु गर्दै आएको छ । लगानीकर्ताहरुका लागि कम्पनीको दह्रिलो वृद्धिदर प्रदर्शन गरिराख्ने दबाबमा रहेको फेसबुकका लागि चिनिया बजारमा प्रवेश गर्नु भनेको प्रयोगकर्ता तथा विज्ञापनदाताको विशाल बजारमा पहुँच स्थापित गर्नु हो । यसै प्रयासका लागि हुनसक्छ जुकरबर्ग चिनिया मन्दारिन भाषा सिकेर राम्रोसँग चिनिया बोल्नसक्ने भएका छन् ।

गतवर्षको आफ्नो चीन भ्रमणका बेला जुकरबर्गले चीनका प्रोपोगान्डा एजेन्सीका प्रमुख तथा अन्य नेताहरुसाग भेट गरेका थिए । यसपटकको भेटमा उनले सरकारी अधिकारीहरुसँग भेट गर्ने वा नगर्ने चाहीँ खुलेको छैन ।

चीन ठूलो र आकर्षक बजार रहेतापनि फेसबुकका लागि चीनमा प्रवेश सजिलो छैन । चीनले अनलाइन सेन्सरसीपको उल्लंघन गरेको भन्दै हालै फेसबुक मातहतको ह्वाट्सएपलाई समेत प्रतिबन्ध लगाएको छ ।

गुगलले पनि सन् २०१० मा नै आफ्नो गुगल सर्च सर्भिस चीनमा बन्द गरिसकेको छ ।

अब फेसबुकका लागि चीन प्रवेशको एक बाटो भनेको स्वयं सेन्सरसिप हो । यसका लागि फेसबुकले आफ्नै सेन्सरसिप टूलको विकाश गर्नुपर्दछ जसबाट निश्चित खाले पोष्टहरु निश्चित क्षेत्रमा स्वतः सेन्सरमा परुन् । फेसबुकले यस्तो टूलको विकाश गरे नगरेको चाही खुलेको छैन ।

विश्लेषकहरुका अनुसार सि जिनपिङको दोश्रो कार्यकाल फेसबुकका लागि चीन प्रवेशको सुनौलो अवसर बन्न सक्दछ । सिको दोश्रो कार्यकालमा मिडियाहरुमाथिको सेन्सरसीप कम हुने विश्वास गरिएको छ ।

फेसबुकले पछिल्लो समयमा चिनिया विज्ञापनदाताका विज्ञापनहरु बाहिरी विश्वमा बेच्नका लागि गरिरहेको सहयोगलाई फेसबुकको चीन प्रवेशको पूर्वाभ्यासका रुपमा विश्लेषण गरिएको छ ।

एजेन्सी


(२०७४ कार्तिक १३, सोमबार) १०:३२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro