गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक १३, सोमबार) १०:१४

१३ कात्तिक, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन् ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

प्रहरी र स्थानीले उद्धार कार्य जारी राखेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।

घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना रहेको बुझिएको छ । दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


(२०७४ कार्तिक १३, सोमबार) १०:१४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना