उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु, ३ घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक १३, सोमबार) १०:१४

१३ कात्तिक, उदयपुर उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।


(२०७४ कार्तिक १३, सोमबार) १०:१४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना