नेपाली मूलका युवा बने अमेरिकी स्थानीय चुनावमा उम्मेदवार

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक १२, आईतवार) १४:११

न्यूह्यामसर । अमेरिका अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् ।

सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो । गुरुङलाई डेमोक्रेटिक पार्टीले उक्त पदको लागि उमेद्धारको रुपमा चयन गरेको हो । आगामी नोभेम्बर ७ तारिखका दिन सम्पन्न हुने चुनावमा गुरुङले अन्य ६ जना उमेद्धारहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

३ सेलेक्टम्यान पद रहेको उक्त वडामा डेमोक्र्याट र रिपब्लिकन पार्टीका ३/३ जनाले उमेद्धारी दिएका छन् । ‘अमेरिकी मूलधारका प्रमुख पार्टीले आप्रबासी मूलका मानिसहरुलाई पत्याएर टिकट दिनु प्रमुख कुरा हो, जित्नु वा हार्नु दोस्रो कुरा हो’ उमेदवार गुरुङले भने ।

गुरुङ सन् २०१२ यता डेमोक्र्याट पार्टीको स्थानीय तहमा क्रियाशिल छन् । ‘मैले यो अवसर पाएकोमा एकदमै हर्षित छु’ गुरुङले थपे ‘यो अवसरले हामीजस्ता आप्रबासीहरुलाई पहिचान मात्रै दिलाएको छैन, आप्रबासीहरुसँग पनि राजनैतिक नेतृत्व गर्ने क्षमता छ भनेर मूलधारका पार्टीले पत्याएका छन्, उसमाथि नेपाली मूलका अमेरिकनहरुलाई यो अवसले उत्साहित बनाएको छ ।’

नेपालको इलाममा जन्मिएका गुरुङ विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । साउदर्न न्यूह्यामसर युनिभर्सिटीका विद्यार्थीसमेत रहेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव, गुरुङ (तमु) समाज न्यूह्यामसरका महासचिव तथा न्यूह्यामसर पब्लिक रेडियोका संचालन सदस्य हुन् ।

गुरुङ न्यूह्यामसर राज्यका देस्रो डेमोक्र्याटिक उमेदवार हुन् । यसअघि गतबर्षको चुनावमा नेपाली मूलकै स्थानीय मदलशा गुरुङलाई स्टेट रिप्रेजेन्टेटिभ (राज्य प्रतिनिधि) को रुपमा उमेदवार बनाएको थियो ।


(२०७४ कार्तिक १२, आईतवार) १४:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro