गोर्खा नेपाल मेनपावर देखि कतार गएका नेपालीहरु अलपत्र

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ कार्तिक १०, शुक्रबार) ०३:४४

कतार।
बिगत ४महिना देखि काम गरेको तलब नपाउदा कतारको एक कम्पनीमा १२जना नेपाली कामदार अलपत्र परेका छन।गोर्खा नेपाल मेनपावर ,बसुन्धारा काठमाडौको मेनपावरबाट कतारको अल फिदा डेकुरेसन कम्पनीमा कार्यरत १२जना नेपाली कामदारलाई ४महिना देखि कम्पनीले तलब नदिदा अलपत्र परेका हुन।

जसमा सिन्धुपाल्चोकका होमराज गिरी नवलपरासीका गोविन्द चमार,दैलेखका सुरेश पुरि ,प्युठानका सोभाराम घर्ती मगर ,सुनसरीका मनोज कुमार मेहता,प्रमोद मेहता,झापाका भिम रिसिदेव,जोगिन्द रिसिदेव,राजु रिसिदेव सप्तरीका अनिल कुमार यादव,रुपन्देहीका सुबास पासि र भोजपुरका जनम फुयाल रहेका छन।
सोही कम्पनीमा कार्यरत ८जना कामदार बिगत २१महिना देखि काम गरिरहेको र ३जनाको ३बर्स र २जना ४बर्स देखि कार्यरत छन।अहिले भने चार महिना अघि देखि कम्पनीले घर पठाउछु भनी रोकेको तर कम्पनिको म्यानेजर जमिल बिन यसुफ भने फरार रहेको ,अहिले न तलब न घर फर्कने भएको उनिहरु भनाइ रहेको छ।नेपाली राजदुतावास तथा श्रमिक अदालत गएर कुरा गर्दा समेत कतै पनि आफ्ना पिडाको सुनुवाइ नभएको उनिहरुको भनाइ रहेको छ।

“चार महिना देखि तलब समेत दिएको छैन,बसेर खानलाइ पैसा समेत छैन ,न कतै सम्पर्क गरौ भने रिचार्ज गर्न समेत समस्यामा छौ”पिडित सुरेश पुरिले बताए।त्यस्तै घर फर्काउनलाइ बारम्बार मेनपावरमा अपिल गर्दा समेत मेनपावरले कुनै मतलब नगरेको समेत उनले बताए।सरकारी तथा गैरसरकारी संघ सस्थालाइ आफुहरुलाई नेपाल फर्काइ उद्दार गरिदिन समेत अपिल गरेका छन।


(२०७४ कार्तिक १०, शुक्रबार) ०३:४४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro