छोराको १४ वर्षको साथीबाट आमा गर्भवती भएपछि…

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७४ कार्तिक ६, सोमबार) ०६:०४

एजेन्सी। यो समाचार पढेपछि तपाइँलाई के यकिन हुन्छ भने वास्तवमा प्रेम अन्धो नै हुन्छ। जब एक महिलाले हालै दिएको एक अन्र्तवार्तामा आफ्नो जीवनको अनौठो राज खोलेपछि प्रेम अन्धो हुन्छ भन्ने राज खुलेको हो।

मिररका अनुसार अमेरिकाको जर्जियाकी लीसा क्लार्कले आफू ३६ वर्षकी हुँदासम्म आफ्नो जीवन निकै दुखका साथ बितिरहेको बताएकी छन्। उनको आफ्नै छोरा थिए र उनले त्यतिबेला आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

जव लीसाको आफ्ना १५ वर्षका छोराका साथीसँग भेट भयो, त्यतिबेला छोराका साथीले आफ्नो उमेर १७ वर्षको भएको बताएका थिए।

लीसाको ती युवकसँग कुराकानी हुन थाल्यो र विस्तारै उनीहरुबीच प्रेम भयो। पछि लीसालाई के थाहा भयो भने ती युवकको उमेर मात्र १४ वर्षको रहेछ।

लीसाका अनुसार जतिबेला उनीहरुबीच प्रेम भयो, त्यतिबेला दुवै जना भावनात्मक रुपले निकै कमजोर पलबाट गुर्जेका थिए। पछि दुवै नजिक भए र लीसा गर्भवती भइन्।

जर्जियाको कानुन अनुसार लीसा ती युवक १५ वर्षको हुने  वित्तिकै विवाह गर्न सक्थिन्। ती युवक १५ वर्षका हुने वित्तिकै परिवारको सहमतिमा दुवैको विवाह भयो।

लीसाले अन्र्तवार्तामा यो पनि खुलाएकी छन्, की पछि १४ वर्षको केटासँग सम्बन्ध बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गर्यो। किनभने यस्तो गर्नु कानुन अनुसार मिल्दैन थियो। लीसालाई जेल सजाय भयो र उनी जेलबाट छुटेपछि ती युवकका तर्फबाट अर्को बच्चा पनि भयो। त्यसपछि लीसा ती युवकबाट अगल भइन्।


(२०७४ कार्तिक ६, सोमबार) ०६:०४ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro