सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ कार्तिक १, बुधबार) ०८:५०

वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी  मृत्यु भएको छ ।

स्थानीय शैलेन्द्र सिंहका अनुसार रोजगारीको लागी कतार गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डलको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मण्डल छ महिना अगाडि कतार गएका थिए ।  उनको  गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।

सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा कतार गएका थिए ।


(२०७४ कार्तिक १, बुधबार) ०८:५० मा प्रकाशित

Exchange Rate

Nepali Patro