खेत जोत्दाजोत्दै किसान बने करोडपति, खेतमा भेटियो यस्तो खजाना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ आश्विन १८, बुधबार) ०७:५१

एजेन्सी। इङल्याण्डका एक किसान खेत जोत्दाजोत्दै केही समयमै करोडपति बनेका छन् । यहाँका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । यहाँका एक ट्रेजर हन्टरले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना भेट्टाएका हुन् ।

३५ वर्षका ट्रेजर हन्टर माइक स्मेलले ब्रिडपोर्टमा एक किसानको खेतमा यति ठूलो खजना खोजी गरेका थिए । यी सिक्काहरु रोमन साम्राज्यका भएको र २ हजार वर्षभन्दा पुराना भएको बताइएको छ । खेतमा करिब ६०० सिक्का भेटिएका छन् । यी सिक्काहरु एउटाको मूल्य ९०० पाउण्ड पर्ने बताइएको छ । यी सिक्काहरुको मूल्य निर्धारणको लागि पठाइएको छ । त्यसपछि यी सिक्काहरु संग्रहालयमा बेचिनेछ ।

माइक आफ्ना साथीहरुसँग हिँडिरहेको बेला उनको मेटल डिटेक्टरले नजिकै कुनै धातुका सामान भएको संकेत दिएको थियो । संकेत दिएको ठाउँमा उनले खनेर हेर्दा केही सिक्का भेट्टाए । त्यसपछि उनले स्थानीय अधिकारीलाई खबर गरे र तत्काल त्यो ठाउँ सिल गरेर उत्खनन् गरियो । उत्दनन्मा ६०० सिक्का भेटिएका छन् । यी सिक्का बेचेर आएको पैसा आधा माइकको हुनेछ र आधा किसानलाई दिनेछन् ।


(२०७४ आश्विन १८, बुधबार) ०७:५१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना