डोल्मालाई ३२ लाख फर्काइने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ आश्विन १८, बुधबार) ००:२६

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी ४ महिनाअघि नेपाल फर्किएकी डोल्मा आर्थिक संकटमा रहे पनि उनका नाममा संकलित रकमबारे अन्योल थियो ।

‘असोज २८ देखि काठमाडौंमा हुने एनआरएनको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा डोल्माका नाममा उठेको रकम उनलाई हस्तान्तरण गर्ने गरी निर्णय हुँदै छ,’ एनआरएनका अध्यक्ष शेष घलेले लेख्दै भनेका छन् ।

डोल्माको जीवनरक्षाका नाममा संकलित रकम कसरी खर्च गर्ने भन्ने स्पष्ट नीति नबनाइएकाले गैरआवासीय नेपाली संघको कल्याणकारी खातामा राखिएको र यसको बेग्लै खाता नभएको अवस्थामा सन् २०१० पछि संघकै ‘इमर्जेन्सी एकाउन्ट’ मा मिसाइएको बारे संघको वर्तमान नेतृत्वलाई पर्याप्त जानकारी नरहेको घलेले बताएका छन् ।

‘सञ्चार माध्यममा डोल्माका नाममा संकलित रकमबारे सूचना आएपछि मैले त्यसबेला यसको नेतृत्व गरेका तत्कालीन महासचिव तेन्जी शेर्पासँग जानकारी लिएको छु र सचिवालयमा उक्त रकमको अवस्थाबारे पनि जानकारी लिएको छु,’ अध्यक्ष घलेले भनेका छन्, ‘अहिले गैरआवासीय नेपाली संघको खातामा डोल्मा बचाउ अभियानका नाममा संकलित झन्डै ३२ लाख रुपैयाँ रहेको देखियो । आगामी आईसीसी बैठकमा यसबारे छलफल गरी डोल्मा शेर्पालाई आठौं सम्मेलनकै बेला रकम हस्तान्तरण गर्ने जानकारी गराउन चाहन्छु ।’

‘डोल्मा शेर्पा बचाउ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको भनेर मिडियामा जानकारी आइसके पनि उक्त रकमको पारदर्शितामा चौतर्फी प्रश्न उठेको थियो । डोल्मा अहिले खर्च अभावमा आफन्तकहाँ आश्रित छिन् । डोल्माका श्रीमान् आङतेन्जी शेर्पा यतिखेर इराकको कुर्दिस्तानमा छन् भने एक छोरा काठमाडौंकै निजी स्कुलमा माध्यमिक तहमा अध्ययनरत छन् ।

 


(२०७४ आश्विन १८, बुधबार) ००:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro