दुर्घटनामा परी साउदी अरेबियामा रानाको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ आश्विन १६, सोमबार) ०७:५२

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो।

राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका-१२ का वडाध्यक्ष वाले रानाले बताए। “घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए। मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए। “मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ”, अध्यक्ष रानाले भने।


(२०७४ आश्विन १६, सोमबार) ०७:५२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro