शिक्षा मन्त्रीलाइ कालो झण्डा देखाउदा पोखरामा ९ जना बिद्यार्थी नेताहरु गिरफ्तार

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ आश्विन ७, शनिबार) ११:०७

रमाकान्त बास्तोला / पोखरा – सार्बजनिक शिक्षालाइ धारासायी बनाउन भुमिका खेलेको अर्थात शिक्षा ऎन पास गरेको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएका नेकपा निकट अखिल क्रान्तिकारीले र नया शक्ति निकट बिद्यार्थी संगठनले आज पोखरामा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाइ कालो झण्डा देखाएको थियो ।

बिरोध प्रदर्शन गर्दै गर्दा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आस गुरुङ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष शिव क्षेत्री र नयाँ शक्ति बिद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, यस्तै नयाँ शक्ति बिध्यार्थी युनियन  कै प्रादेशिक अध्यक्ष सुनिल पौडेल, केन्दीय सचिब विकल पौडेल, संगित लामिछाने, बिशाल तिमिल्शिना , रेशम सापकोटा, नबराज पौडेल लगायत बिध्यार्थीका नेता कार्यकर्तालाइ प्रहरी गिरफ्तार गरेको छ । उनिहरुलाइ अहिले जिप्रकामा राखिएको छ ।

पोखरा उधोग बाणिज्यको हलमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा सहभागी हुन गएका मन्त्रीलाई बिद्यार्थीहरुले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए । गरिव किसानका सन्तानलाइ शैक्षिक अधिकार बाट बन्चित गर्ने शिक्षा ऎन रहेको भन्दै बिद्यार्थी संगठन हरु निरन्तर आन्दोलनमा छन ।

 


(२०७४ आश्विन ७, शनिबार) ११:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro