नेकपा कार्यकर्ताद्वारा सरकारी गाडीमाथि तोडफोड

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ आश्विन ३, मंगलवार) ०९:३९

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार दिउँसो एक सरकार गाडीमाथि तोडफोड गरेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । सो गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा खुल्न सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर विष्फोटक पदार्थ ओसारपसार सम्बन्धि ऐन मुद्दामा मुद्दा चलाएको थियो । प्रहरीले पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोग उनीहरुलाई लगाएको छ ।
नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी झुट्ठा मुद्दा लगाएको आरोप लगाएको भन्दै आक्रोशित बनेको नेकपा गण्डक ब्यूरोले गिरफ्तारीमा परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहाईको माग राखेर पहिलो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको थियो । पहिलो चरणमा बुधबारसम्म पोखरामा सरकारी सवारी साधनहरु चल्न नदिइने जनाइएको थियो । बिहीबारदेखि भने प्रदेश नं. ल ४ अन्तरगतका जिल्लाहरुमा सरकारी सवारी साधनहरु चल्नमा रोक लगाइने नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ ।


(२०७४ आश्विन ३, मंगलवार) ०९:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro