गोरखामा एक हजारका नक्कली नोटको बिगबिगी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ आश्विन ३, मंगलवार) ०३:१९

गोरखाको सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाले भने ।

नयाँ बजारस्थित ओमशंकर स्टोरमा आइतबार नक्कली नोट फेला परेको थियो । नयाँबजारकै जनमुखी सहकारीमा पनि रु एक हजारकै नक्कली नोट फेला परेको हो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । फेला परेका नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ ।


(२०७४ आश्विन ३, मंगलवार) ०३:१९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना