ग्लोबल आइएमई बैंकद्धारा सीईओ ज्ञवालीको राजीनामा स्वीकृत

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र २८, बुधबार) १०:२९

ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई अब नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन गराउनुपर्नेछ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । ग्लोबल आइएमईले गत आर्थिक वर्षमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३१ पैसा छ । बैंकको रिजर्भ कोषमा ४ अर्ब ९ करोड रुपैयाँ छ ।

सीईओ ज्ञवालीको राजीनामा स्वीकृत, कायममुकायम सीईओमा पौडेलः
आफ्नो कार्यकाल दुई वर्ष बाँकी छँदैं राजीनामा दिएका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गरेको छ । आज बुधबार बसेको बोर्ड बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गरेको हो । बैंठकले हालका डिसीईओ जनक शर्मा पौडेललाई कायममुकायम कार्यकारी प्रमुखको जिम्मेवारी दिईएको छ । ज्ञवाली २०७२ जेठमा दोस्रो पटक ग्लोबल आइएमइ बैंक छिरेका थिए।

नबिल बैंकमा चार बर्षे कार्यकाल पुरा गरेलगत्तै उनी ग्लोबल आइएमइ गएका थिए। नबिलअघि पनि ज्ञवाली ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत थिए । उनले त्यस बेला पनि चार बर्षे कार्यकाल सकिनु एक बर्ष बाँकी छँदै ग्लोबल आइएमइ छाडेका थिए।


(२०७४ भाद्र २८, बुधबार) १०:२९ मा प्रकाशित

Exchange Rate

Nepali Patro