अभौतिक मुद्रा बनाएर नयाँ ठगी धन्दा : सरकार मौन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र २६, सोमबार) ०४:४५

डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ रुपैयाँ ठगे ।

पत्रपत्रिकामा समाचार आउँदासमेत सदस्यहरूले सञ्चालकहरूलाई विश्वास गरिरहेका थिए । तिनका सञ्चालकको भागाभाग भएपछि सदस्यहरूले ‘हामी त ठगिएछौँ ’ भनेर थाहा पाए ।

 

अब अहिले आएको छ ग्रयाभिटी क्वाइन । त्यसको न सिक्का छ, न कार्यालय नै । न नेपाल सरकारमा दर्ता छ न विश्वकै कुनै कुनामा । डलरको भाउमा नेपाली पैसा बुझाएपछि विक्रेताले क्वाइन दिन्छन्, तर हातमा होइन, तस्बिरका रूपमा इन्टरनेटमा । युजर नेम र पासवर्डका आधारमा क्रेताले आफ्नो सिक्का इन्टरनेटमा हेर्छ, दंग पर्छ र अरूलाई पनि सिफारिस गरेर त्यस्तै सिक्का किन्न लगाउँछ । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) का रूपमा भइरहेको यो ठगीमा अहिलेसम्म राज्यको ध्यान गएको छैन । त्यसैले सञ्चालकहरूले उनीहरूकै भाषामा १५ सयभन्दा बढी सर्वसाधारणबाट १५ करोडभन्दा बढी ठगिसकेका छन् ।

आफू नेपाल सरकार र राष्ट्र बैंकको नियमभन्दा बाहिर रहेकाले अझै धेरै कारोबार गर्ने उनीहरूकै दाबी छ । दाङका रूपेश दाहाललाई एक नजिकको साथीले बिट क्वाइनजस्तै ग्र्याभिटी क्वाइनमा लगानी गर्न सुझाब दिए । सुरुमा उनलाई विश्वास लागेन । तर, बिट क्वाइनको मूल्य रातारात बढेको र यो पनि त्यस्तै मुद्रा भएको विश्वास दिलाए, रूपेश लगानी गर्न तयार भए । उनले ६२ हजार रुपैयाँ तिरेर ५२५० क्वाइन किने । त्यति पैसा लगानी गरेबापत उनले युजर नेम र पासवर्ड प्राप्त गरे । लगानी गरेको अन्य केही प्रमाण उनीसँग छैन । तर, जब ग्र्याभिटी क्वाइन नक्कली रहेको र उनी ठगिएको थाहा पाए । उनले भने, ‘यी मान्छेहरू ठग हुन् कि भन्ने त मलाई पहिल्यै लागेको थियो ।’

यसरी नक्कली ग्रयाभिटी क्वाइनबाट ठगिने रूपेश मात्रै होइनन् । नेपालमा नक्कली क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) निर्माण गरी संगठित रूपमै ठगी भइरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।


(२०७४ भाद्र २६, सोमबार) ०४:४५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro