पर्वत सदरमुकाम कुस्मामा फस्टाउँदो अवैध ढिकुटी र मिटर ब्याज, केही मालामाल, केहीको उठीबास

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र २१, बुधबार) ०२:३५

पर्वत जिल्लाको कुस्मा नगरपालिका ६ की लक्ष्मी गिरी गत दुई सातादेखि आफ्नै घरबाट एकाएक वेपत्ता भईन् । वेपत्ता लक्ष्मीको अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । उनी वेपत्ता हुने एकमात्र कारण थियो व्याज कमाउने लोभले अरुको पैसा लिने र अर्को व्यक्तिलाई व्याजमा लगाउने ।

यसरी उनले एक व्यक्तिबाट लिएको पैसा तेस्रो व्यक्तिलाई लगानी गरेको पैसा फिर्ता नआएपछि उनी वेपत्ता बन्नुको प्रमुख कारण खुल्न आएको छ । आफ्नै घरबाट एकाएक हराएकी लक्ष्मीले आफ्ना श्रीमान् र छोरा, छोरीलाई सम्बोधन गरेर लेखिएको चिठी हेर्दा वेपत्ता हुने प्रमुख कारण नै पैसा लेनदेन भएको पर्वत प्रहरीले जनाएको छ ।

चिठी अनुसार कुस्मा ५ की शकुन्तला श्रेष्ठले आफ्नो रकम लगेको र उनले नदिएका कारण आँफू घर छाडेर नै हिँड्नु परेको आयशको पत्रसँगै रकम लेनदेनको कारण भएको खुल्न आएको हो । उनीहरुबीच ८० लाखको लेनदेन भएको पारिवारिक दाबी छ । पारिवारिक दाबी अनुसार ८० लाख भनिएपनि उनीबाट पैसा लगेकी शकुन्तला श्रेष्ठले भने आँफूले १२ लाख रुपीयाँ र एक सुनको हार मात्रै स्वीकार गरेको प्रहरीले जनाएको छ ।

लक्ष्मी गिरीका पति कृष्ण गिरीलाई समेत थाहा नभई चलेको कारोबार उनी वेपत्ता भएपछि विस्तारै खोलिँदै गयो । लक्ष्मीमार्फत शकुन्तलालाई दिएको भन्दै केही महिलाहरुले सम्पर्क गरेपनि त्यो विषय भने कोही कसैलाई जानकारी छैन । पैसा दिएका अन्य कोही कसैसँग कुनै प्रमाण समेत नभएको पाईएको छ ।

लक्ष्मी र शकुन्तला कुस्माका उदाहरण पात्र मात्रै भएपनि लक्ष्मीको अवस्था अझैसम्म अज्ञात रहँदा यसको कारण खोज्न प्रहरीलाई पनि समस्या परेको छ । उनी के कारणले वेपत्ता भईन् र अझैसम्म कहाँ छिन् भन्नेमा प्रहरी समेत अनविज्ञ रहेको छ । विशेष गरि कुश्मा बजारमा चाँडै धनी बन्ने र विलासी जीवनशैली अँगाल्ने चाहनामा धेरै पैसामा व्याज लगाउनेहरु गिरोह चलाएर बसेका छन् ।

उनीहरुले रकम व्याजमा दिने र त्यसबाट वार्षिक ४० प्रतिशत भन्दा बढि रकम लिने गरेको पाईएको छ । यसले गर्दा केही मालामाल त केही उठीवास हुने गरेका उदाहरण यस अघी देखिकै भएपनि प्रहरीसम्म नपुग्ने कारण समस्या हुँदै आएका छन् ।

केही समय पहिला कुस्मामा बस्ने कमला वाईबामार्फत मोटो रकम व्याज असुलेका धेरै गृहीणी महिलाहरु र केही धनाड्यहरुलाई बिल्लीबाँठ बनाएर भागिन् । उनी भागेपछि केहीले उनको घर बेचेर पैसा लिए भने केही हेरेको हे¥यै भए । वाईबाले पनि ३ देखि ९ रुपीयाँसम्म व्याज दिने गरि मोटो रकम लेनदेन गरेकी थिईन् भने केही ढिकुटीमा समेत पसेर रकम बुझेपछि भागेकि थिईन् । उनलाई व्याजमा दिने र ढिकुटी संचालन गर्नेहरुले बेईज्यत हुने देखेर प्रहरीमा उजुरी समेत गरेनन् ।

यसरी ढिकुटी संचालन गर्ने र अबैध रुपमा व्याजमा संलग्न रहेकाहरुले प्रहरीहरुलाई समेत प्रभावमा पार्ने भएकाले प्रहरी प्रशासनले कुनै कदम उठाउन सकिरहेको छैन । गिरोह नै संलग्न भएका कारण प्रहरीले मात्रै पनि केही गर्न नसक्ने देखेर प्रहरी मुकदर्शक बन्दै आएको छ । तर प्रहरीले भने यस्ता घटनाहरु प्रहरीसम्म नआउँदा कुनै कारवाही अगाडी बढाउन नसकिएको बताएको छ ।

ढिकुटी र अबैध मिटर व्याज मौलाउँदो 

पर्वतको कुस्मामा लामो समयदेखि ढिकुटी व्यावसायिक बन्दै आएको छ । केही व्यक्तिले त केही सहकारीहरुले समेत संस्थागत रुपमै अबैध ढिकुटी संचालन गर्दै आएका छन् । ढिकुटी र मिटर व्याज आँफैमा गैर कानूनी धन्दा भएपनि कुस्माका प्रतिष्ठित व्यावसायिदेखि सामान्य व्यक्तिहरु समेत ढिकुटी पेशामा संलग्न रहेका छन् ।

अहिले कुस्मामा १ लाख देखि १० करोडसम्मका ढिकुटीहरु व्यावसायिक रुपमा संचालन हुँदै आएका छन् । समस्या नपरेसम्म प्रहरीसम्म नपुग्ने भएका कारण ढिकुटीबाट कमाउने र ठगिनेहरुको रेकर्ड प्रहरीसँग पनि छैन । प्रहरीले गैरकानूनी काम भएपनि अहिलेसम्म कुनै कदम चाल्न नसक्दा व्याजको आशामा नागरिकहरु ठगिने क्रम बढ्दो छ भने केही व्यक्ति मालामाल त केहीको उठीबास हुनसक्ने खतरा बढ्दै गएको छ ।

यस्तै कुस्मामा केही पैसावालहरु र सहकारीहरुको मुख्य काम मिटर व्याज असुली रहेको छ । मिटर व्याजबाट ठगिने र समस्यामा पर्नेहरुको सूची ठूलै भएपनि समस्यामा पर्ने डरले बाहिर आउन सकेको पाईँदैन ।

के हो मिटरब्याज ?

३० लाख रुपैयाँ आवश्यक परेको व्यक्तिलाई सुरुमै ब्याजबापत २० प्रतिशत (६ लाख) रकम कटाएर ऋण दिइन्छ । त्यसपछि प्रत्येक महिना पुन ३० लाखकै १० प्रतिशत (३ लाख) का दरले ब्याज तिर्नुपर्छ । १ वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ । यसरी ३० लाख रुपैयाँ सापटी लिएको व्यक्तिले सुरुमै ६ लाख कटाएर २४ लाख रुपैयाँ मात्रै पाउँछ । वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरी ४२ लाख रुपैयाँ त ब्याज मात्रै तिर्नुपर्छ ।

ऋण दिनेले यसरी ब्याजबापत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिने गरेको र प्रहरीकै संरक्षणमा कारोबार हुने गरेको स्रोत जनाउँछ । अवैध मिटरब्याज र ढुकुटी सञ्चालक निर्बाध यो कारोबार गरिरहेका छन् । प्रहरीले मासिक रूपमा मोटो रकम लिने गरको बताईन्छ । प्रहरी मात्र होइन, राजनीतिक दलका नेताहरूको पनि यो कारोबारमा संरक्षण छ ।

आवश्यक पर्दा जति पनि चन्दा दिने मिटर ब्याज ढुकुटी कारोबारीका कारण सयौंको सर्वस्व गुमेको छ ।कतिपयले पैसा लिन पहिला नै कम धितोमा जग्गा पास गरेर दिने गरेको र पछि जग्गा समेत जफत हुने गरेको पाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछाने कारबाहीको कुनै कानुनी आधार नभएको बताउँछन् । मिटर ब्याज र ढुकुटीका दुबै अवैध र गैरकानूनी काम हो’ उनले भने, ‘ढुकटी र मिटर ब्याजको कुनै लिखत प्रमाण हुँदैन, सबै कारोबार नगदमा हुने भएकाले कारावाही गर्न समस्या छ ।


(२०७४ भाद्र २१, बुधबार) ०२:३५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro