दशैको मुखमा आएर गायक बिष्णु खत्रीले काटे जहाजको टिकट……(भिडियोसहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र १६, शुक्रबार) १४:०८

नेपाली गित संगितको क्षेत्रमा आफुलाई सदबहार बाध जस्तै अजग रुपमा खडा गर्न सफल भएका चर्चित गायक बिष्णु खत्रीको नयाँ दशै गितले लाखौं नेपालीलाई फेरी एकपटक पिडादायी अबस्थामा पुर्याउने भएको छ । गितमा समाबेश भएका शब्द तथा मर्मस्पर्सी लयको कारण गितले आम नेपाली दाजुभाई दिदि बैनीहरुको पिडालाई समेटेको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री नेपाली लोक दोहोरी क्षेत्रका एक महान हस्तीको रुपमा परिचित छन । वि.सं २०५७ सालमा गीत संगीतको यात्रा प्रारम्भ गरेका खत्रीले एक दशक भन्दा लामो सांगितिक यात्रा तय गरिसकेका छन । खत्रीले उक्त नयॉ गीत आफनै युट्युव च्यानल विष्णु खत्री मार्फत बजारमा ल्याएका हुन ।

गितलाई आम दर्शक श्रोताको मनसम्म लैजान सक्ने क्षेमताको कारण सबैका प्रिय गायक बनेका खत्रीले यसपाली पनि त्यो कुरालाई निकै मर्मका साथ समाबे गरेका छन् । आफुलाई लोक दोहोरी क्षेत्रमा निकै फरक शैलीको कारण चर्चामा ल्याउन सफल गायक खत्री पञ्चेबाजा र दशै गितको लागि लाखौं दर्शक श्रोतालाई पर्खाउन सफल पनि मानिन्छन् । विष्णु खत्रीको आफ्नै उत्कृष्ट लय, शब्द अनि विष्णु खत्री र अनुपा थापाको सुमधुर स्वरमा सजिएको गीती एल्वम जहाजको टिकट सुमधुर क्रियसन मार्फत बजारमा आएको छ ।

सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै खत्रीले भने यो गितले आम नेपाली युवाहरु परदेशीएको पिडालाई समेटेको छ । हामीले गितलाई हाम्रो महान पर्व दशैलाई लक्षित गरि बनाएको भएको कारण हाम्रा लाखौं परदेशमा भएका युवाहरुको आफ्ना परिवारसँग टाडा हुँदाको पिडालाई समेट्ने कोसिस गरेको बताए ।
चिसो हावा मुलको पानी
कलकल बग्ने धारो
जन्मभुमी सम्झीएर मन बुझाउँन गारो
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता निकै मार्मिक गितहरुको कारण गितले सफलता हासिल गरिसकेको छ । आम नेपालीलाई पिडालाई समेट्न सक्ने गायक भएको कारण पनि नेपाली लोकसंगितको क्षेत्रमा खत्रीको चर्चा निकै अग्लो स्थानमा छ । परदेशमा भएको मान्छेले नेपालमा रहेकी आफ्नी प्रियसीलाई सम्झाउँदै भनेको शब्दले अझै दर्शक रुवाउने खालको छ ।
भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट
नपरोस है जान कोहिलाई बाकसबाट
दशै आयो, तिहारै आयो
पिंग खेले है बाबियो बाटेर
दशैमा पाईएन बिदा नभने है बस्यो कि ढाटेर ।। जस्ता बिष्णु खत्रीका शब्दमा कुनै कमेण्ठ गर्ने स्थान नै छैन । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस गीतको भिडियो गायक खत्री र चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।


(२०७४ भाद्र १६, शुक्रबार) १४:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro