यसकारण तपाईंको कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र १६, शुक्रबार) ०४:०२

विगत केही हप्ता देखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आइरहेका छन् । यसरी गुगलका एप्लिकेसनहरु ढिला इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताउँदै स्पष्टिकरण दिएको छ ।

संघका अनुसार गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब  को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको थियो । तर हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर  गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।

गुगलको यस निर्णयको कारणले यहाँका कम्पनीहरुमा राखिरहेको सरभरलाई विगत केही महिना देखि  गुगल ले स्तरोन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समयमा सरभरहरुको क्षमता अपुग भइरहेको संघको भनाई छ ।

‘इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन्,’ संघले जनाएको छ ।

संघका अनुसार गुगलले आफनो सरभर स्तरोन्नोति नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स  जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् ।


(२०७४ भाद्र १६, शुक्रबार) ०४:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro