४ नं. प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ भाद्र १४, बुधबार) १२:२५

पोखरा/ प्रदेश प्रहरी कार्यालय ४ नं. प्रदेश पोखराको प्रहरी प्रमुख भई आउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले पदभार ग्रहण गर्नु भएको छ ।

सोही क्रममा ४ नं. प्रदेश अन्तर्गतका सम्पुर्ण प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बमले स्थानिय तहको निर्वाचन सम्पन्न भई स्थानिय जनप्रतिनिधि र स्थानिय सरकार घरघरमा पुगिसकेको अवस्थामा आम नागरिकको अपेक्षा समेत बढीरहेका बेला प्रहरी अझ बढी जनमुखी र व्यावसायिक एंव पारदर्शि रुपमा जनताको सेवामा खटिनु पर्ने आवस्यक रहेको बताउनु भएको छ ।

आम नागरिकहरु प्रत्यक्ष रुपमा प्रहरी कार्यालयमा आई निर्धक्कका साथ आफ्नो समस्या एवं गुनासाहरु राख्नसक्ने वातावरणको सिर्जना गर्नुपर्ने बताउँदै मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथीको आवधारणा अनुरुपको कार्यसम्पादन गर्न निर्देशन गर्नुभएको छ ।

साथै उहाँले प्रहरीकै कमजोरीका कारण कुनै घटना हुन नहुने र प्रहरी कर्मचारीकै कारण कुनै अपराधीले छुटकारा पाउने तथा अपराध र अपराधिले प्रश्रय पाउन नहुने बताउदै अपराध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन गर्नु भएको छ ।

उक्त स्वागत कार्यक्रममा अंचल प्रहरी कार्यालय गण्डकी र धवलागिरी साथै प्रदेश नं.४ अन्तर्गतका जिल्ला प्रहरी कार्यालयहरु तथा अन्य प्रहरी कार्यालयहरुका प्रहरी प्रमुखहरुवाट प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बमलाई एक कार्याक्रमका विच स्वागत गरिएको थियो । साथै प्रहरीको एक टुकुडिले सम्मान सलामि समेत अर्पण गरेको थियो ।


(२०७४ भाद्र १४, बुधबार) १२:२५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका छन्।  मंगलबार दिउँसो.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल.....

Exchange Rate

Nepali Patro