किष्ट बैंकको सवा ४ करोड ठग्ने वस्ताकोटी पक्राउ, कहाँ होलान् कमल ज्ञवाली ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ भाद्र ८, बिहीबार) १३:१८

तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार रहेकी देवकी वस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशन प्रालिकी सञ्चालक समेत रहेकी ४२ वर्षिय बस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले बिहीबार बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला दुवाकोट घर भएकी बस्ताकोटी प्रहरीबाट पक्राउ पर्नबाट जोगिन भागीभागी हिँडेकी थिइन् । सीआइबीले अदालतको फैसला कार्यान्वयनका लागि मोरङ्ग जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनले २०७३ जेठ ३ गते बैंकिङ कसूर गरेको ठहर गर्दै ४ बर्ष कैद र ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरीवानाको सजाय सुनाएको थियो ।

काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशनकी संचालक वस्ताकोटीले ब्यबसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् ।

त्यतिमात्रै होइन, बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीहरु समेतलाई प्रभावमा पारी धितो वापत कम्पनीको स्टकमा रहेका पुस्तकको मुल्य बराबरको रकम ६ करोड ६ लाख ४६ हजार ५ सय ९० रुपैयाँमध्ये उधारोमा गएका पुस्तकको उठाउन बाँकी रकम ५ करोड ५० लाख ४८ हजार रुपैयाँलाई धितो देखाएकी थिइन् ।

भक्तपुर जिल्ला साविक दिब्यपुरी १६ का बिभिन्न स्थानका जग्गाहरुको मुल्य समेत गरी कुल रकम १७ करोड ५ लाख रुपैयाँ हुने गरी कमसल धितोको अधिक मुल्याङ्कन गराई एकी थिइन् ।

यसरी अधिक मूल्यांकन गराइएको धितोमा उनले २०६७ असार ३१ गते किष्ट बैंकबाट १२ करोड रुपैयाँ जोखिमयुक्त कर्जा लिई सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेकी थिईन् ।

जम्को प्रकाशन काण्डमा मुछिएका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पनि करोडौं ठगी गरेर फरार छन् । ज्ञवाली आधाजसो विदेश बस्ने गरेको स्रोतहरुको दाबी छ ।

ज्ञवालीविरुद्ध सीआइबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किष्ट बैंकको अस्तित्व गुमेको छ । प्रभु समूहले किष्ट बैंकलाई किनेर अहिले प्रभु बैंककोरुपमा सञ्चालन गरिरहेको छ ।


(२०७४ भाद्र ८, बिहीबार) १३:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro