‘लुट २’ को तोड्यो रेकर्ड ‘ए मेरो हजुर २’ को ट्रेलरले

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ श्रावण ८, आईतवार) ०८:२७

गत शुक्रवार साँझ ८ बजे सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर२’ को ट्रेलरले अहिलेसम्म सर्वाधिक हेरिएको
फिल्म ‘लुट २’ को ट्रेलरलाई पनि उछिनेको छ । ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा तीन लाख ७५ हजारले हेरेका थिए भने ‘ए मेरो हजुर२’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा साढे ५ लाखभन्दा बढि पटक हेरिएको छ ।

भदाै १६ मा देशभरबाटै प्रदर्शनमा आउन लागेको उक्त चलचित्रले युट्युबमा किर्तिमानी भ्यूु पाएको छ । ‘ए मेरो हजुर २’ को ट्रेलरलाई २४ घण्टामा पाँच लाखभन्दा बढीले हेरेपछि ‘लुट २’ को रेकर्ड तोडिएको हो ।

फिल्म ‘ए मेरो हजुर २’को ट्रेलरलाई दर्शकहरुले युट्युब निकै रुचाएका छन् । ट्रेलरमा सबैभदा बढी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिनमान बानियाँको जोडीले तारिफ पाएको छ । ट्रेलरले विशेषत साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोल्छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको रहेको छ ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

यस्तो छ ट्रेलर

साउन ८ गते, २०७४ –


(२०७४ श्रावण ८, आईतवार) ०८:२७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना